मज्जाको अनलाइन, मंसिर ४ गते, शुक्रवार, २०७२, काठमाडौं ।

नेपालको नयाँ संविधान प्रति असन्तुष्टि जनाउँदै करिब दुई महिना देखि भारतले जारी राखेको नेपाल विरुद्धको अघोषति नाकाबन्दी फिर्ता नलिएपछि यसको विरुद्धमा प्रवासी नेपालीहरु उत्रिन थालेका छन् ।

गैह्रआवासीय नेपाली संघको आह्वानअनमा विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुले भारतको नाकाबन्दी विरुद्धका विरोध तथा प्रदर्शनलाई तिब पार्न थालेका छन् ।

भारतले गरेको अमानवीय नाकाबन्दीले सिर्जना गरेको मानवीय संकटबारे बिश्व समुदायलाई जानकारी दिने र भारतलाई दबाब दिने भन्दै बिश्वभरबाट नेपालीहरुले नाकाबन्दीविरुद्ध प्रदर्शन थालेका हुन् ।

यसै सिलसिलमा शुक्रवार मात्रै जर्मनी, अष्ट्रेलिया र हङकङमा प्रवासी नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले बर्लिनस्थित भारतीय दूतावास अगाडि प्रर्दशन गरेका गरि बिरोध जनाएका छन् ।

गैह्रआवासीय नेपाली संघ जर्मनीको संयोजकत्वमा भएको विरोध कार्यक्रममा जर्मनीका विभिन्न शहरबाट सय भन्दाबढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए ।

कार्यक्रममा गैह आवासीय नेपाली संघ जर्मनी र उपस्थितहरूले हस्ताक्षर गरेर भारतीय दूताबासमा विरोधपत्र समेत बुझाइएको छ । प्रर्दशनकारीहरुले मोदी स्टपइलिगल बल्केज इन नेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इज अगेनिष्ट अफ ह्युमन राइट्स, जस्ता नारा लेखिएको लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए ।

Nepali-protesters aganist Indian blockade in Austrliaप्रर्दशनकारीहरुले नेपाल माथिको अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र नेपाल र भारतबिच मित्रतापुर्ण सम्बन्ध कायम गरिनुपर्ने माग राख्दै नारावाजी गरेका थिए ।

गैरआवासीय नेपालीहरुले अष्ट्रेलियाको सिड्नीमा पनि भारतीय नाकाबन्दी विरुद्ध शुक्रबार प्रदर्शन गरेका छन् ।
सिड्नीको मार्टिन प्लेसमा प्लेकार्डसहित भेला भएका सयौं नेपालीहरुले प्रदर्शन गर्दै भारतलाई तत्काल नाकाबन्दी हटाउन र नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको आह्वानअनुरुप गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अगुवाईमा नेपालीहरु प्रदर्शन गर्न पुगेका थिए ।
‘अझै कति जना नेपालीले ज्यान दिनुपर्छ बिश्व समुदाय नाकाबन्दीबिरुद्ध बोल्न ?’ मोदी भूपरिवेष्ठित मुलुकको ब्यापार अधिकारको सम्मान गर, मोदी नेपालमाथिको अमानवीय, गैरकानुनी र गैरन्यायिक नाकाबन्दी बन्द गर लगायतका सन्देश लेखिएका प्लेकार्ड लिएर नेपालीहरु प्रदर्शनमा सहभागी भएका थिए । एनआरएन अष्ट्रेलियाले दबापस्वरुप पहिलो चरण बिरोध प्रदर्शन गरेको हो ।

‘दोस्रो चरणमा हामीले भारतीय दूतावास र वाणिज्यदूतावासमा बिरोध पत्र बुझाउने र अष्ट्रेलियाको बिदेश मन्त्रालयलाई पनि नाकाबन्दीबारे ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेका छौं’ एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने ।

साथै एनआरएनले अष्ट्रेलियास्थित राष्ट्रसंघ नियोग, एम्नेस्टी इन्टरनेशनल रेडक्रस लगायतका संस्थालाई पनि अमानवीय नाकाबन्दीबारे ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेको छ ।

त्यस्तै अघोेषित भारतीय नाकाबन्दी विरुद्ध चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा पनि विरोध प्रर्दशन भएको छ । त्यहाँस्थित गैरआवासीय नेपालीहरूले र्यालीसहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावासअघि विरोध जनाएका हुन् । रर्यालीमा प्रर्दशित मुल ब्यानरमा भूपरिवेष्ठित मुलुक विरुद्धको नाकाबन्दी गम्भिर अपराध भएको उल्लेख थियो ।

राष्ट्रिय झण्डासहित सहभागीहरुले ब्याक अफ इण्डिया, स्टप ब्लकएड, रेष्पेक्ट इन्टरनेसनल ट्रिटिज लगायत लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

ज्ञापनपत्र हस्तान्तरणका लागि भारतीय महावाणिज्यदूतसंग अग्रिम समय लिइएका भएपनि तोकिएको समयमा त्यहाँ पुग्दा दूतावासका कोही प्रतिनिधि उपस्थित नभएको एनआरएन हङकङका प्रवत्ता किसन राईले जनाए ।

‘सुरक्षाको कारण जनाउदै सुरक्षाकर्मीले कार्यालय प्रवेश गर्न समेत दिएनन्’, प्रवत्ता राईले भने, ‘दूतावासलाई बुझाउने भनिएको ज्ञापनपत्र सडकमै पढियो ।’

विनाशकारी भूकम्पले थिलोथिलो बनाएको भूपवेष्ठित मुलुकमाथि भारतले गरेको नाकाबन्दी अत्यन्तै अमानवीय रहेकाले विश्व जगतबाटै यसको घोर निन्दा र विरोध गरिनपर्ने सहभागीहरुको धारणा थियो ।

गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिष्दलाई आह्वान गरे बमोजिम विरोध कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएइको छ ।

नाकाबन्दीले सिर्जना गरेको मानवीय संकटबारे बिश्व समुदायलाई जानकारी दिने र भारतलाई दबाब दिने भन्दै बिश्वभर नाकाबन्दीविरुद्ध प्रदर्शन गर्ने निर्णय भएअनुसार यसअघि लण्डन, न्यूयोर्क र वर्लिनमा प्रदर्शन भइसकेका छन् ।

For More videos Log on to Mazzako TV