मज्जाको अनलाइन, मंसिर ४ गते, शुक्रवार,२०७२ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधी भित्र्याउन दिईने निर्णय गरेको केही घन्टा नबित्दै वीरगन्जमा औषधी बोकेको ट्रकमा पेट्रोल बम प्रहार भएको छ ।

ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैया बराबरको एन्टीबायोटिक औषधी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मोर्चाको हिजो अपराह्न औषधी आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधी राति लोड गरेका थिए ।

‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो । राति करिब १ बजेको समयमा मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका चालकले जनाएका छन् ।

वीरगन्ज उपमहानगरपालिका १४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको पर्सा प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

For More videos Log on to Mazzako TV