मज्जाको अनलाइन, मंसिर ३ गते, बिहिवार,२०७२,काठमाडौं । 

काठमाडौं । संविधान प्रति असन्तुष्टि जनाउँदै झण्डै एक सय दिन आन्दोलनरत रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनमा केही लचकता अपनाएको छ ।

प्रमुख तीन दलसँगको बैठक अनिश्चित बनेका समय राजधानीमा आज बसेको मोर्चाको बैठकले विद्यालय तथा क्याम्पसलाई बिहानको समयमा खोल्न दिने निर्णय गरेको छ ।

सीमा क्षेत्रमा गरिएको नाकावन्दीले स्वास्थ्य क्षेत्र प्रभावित बनाएपछि मोर्चाले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरण विराटनगर नाकाबाट ल्याउन दिने निर्णय पनि गरेको मोर्चाले गरेको छ ।

बैठकपछि मोर्चा आबद्ध नेताले संयुक्त रुपमा जारी बिज्ञप्तिमा विहानको समयमा विद्यालय र क्याम्पसमा कक्षा सञ्चालन हुन दिने र दिउँसोको समयमा विराटनगर नाकाबाट मात्र औषधिजन्य सामग्री ल्याउन दिने उल्लेख छ ।

त्यस्तै सरकार तथा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादी आफुहरुको मागप्रति गम्भीर नदेखिएको निश्कर्ष निकाल्दै मोर्चाले मसिंर ५ गतेदेखि राजमार्ग क्षेत्रमा यातायात अवरुद्ध गर्ने निर्णय गरेको छ ।
Press release of Madeshi Morcha

For More videos Log on to Mazzako TV