मंसिर २ गते, बुधबार ।

सिन ‘टू एन्ड ए हाफ मैन’ नामको टीभी सिरिजबाट चर्चामा आएका हलिउडका चर्चित नायक चार्ली सिनले आफूलाई एचआइभी पोजेटिभ भएकोे खुलासा गरेका छन् । एनवीसी नेटवर्कको ‘टू डे’शोमा मंगलबार लाइभ कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

charlee-seen

उनले २ बषमा २ सय महिलासँग यौन सम्बन्ध राखेका थिए । उनले आफूलाई एज आई भी पोजेटिभ भएको बारेमा ४ बर्षदेखि जानकारी भएको भएता पनि हाल आएर मात्रै उनले सार्वजनिक गरेका हुन्। उनले आफुलाई एज आई भी पोजेटिभ भएको थाहा भएपछिको समय निकै पिडादायक भएको पनि खुलासा गरेका छन् । यो अवधिमा आफु डिप्रेसनको सिकार भएको पनि उनले बताएका छन् ।

सीनले ३ महिलासँग बिहे गरेका थिए । उनको ५ जना सन्तान छन् । उनको नाम पोर्न चलचित्रकी नायिका हिथर हन्टर र जंजिर लिनसँग पनि जोडिएको थियो ।

For More videos Log on to Mazzako TV