मज्जाको अनलाइन, मंसिर २ गते, बुधवार, २०७२,काठमाडौं ।

जापानले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ ।

उसले इन्धन अभावका कारण भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय एवं स्थानीय गैरसरकारी संस्थाले प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेका पनि बताएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले बुधवार एक विज्ञप्ति जारी गरी पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई सुझाएको छ ।

‘भूकम्पपछिको उत्तम पुनर्निर्माणको नेपालको प्रयासमा जापानले सक्रिय रुपमा निरन्तर सहयोग गर्नेछ’, दुतावास द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

For More videos Log on to Mazzako TV