मज्जाको अनलाइन, मंसिर २  गते, बुधवार, २०७२, काठमाडौं ।

कबिर दुई महिना देखि आन्दोलनरत आन्दोलनरत तराई मधेसकेन्द्रित दलसँग आज गर्ने भनिएको निर्णायक वार्ताका विषयमा आफुलाई केही थाहा नभएको प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले दावी गरेको छ ।

“सत्तारुढ दलहरुले तराई मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरे’, कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई भने ,‘कहाँ र कहिले वार्ता हुन्छ, नेकालाई कुनै जानकारी छैन ।’

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको पदाधिकारी बैठकपछि उनले निर्णायकCongress party officeवार्ताका बारेमा नेकालाई कुनै जानकारी नभएको बताए ।

सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत पक्षसँग मुख्यतः सीमाङ्कनका विषयमा आज निर्णायक वार्ता हुने सार्वजानिक भएको थियो ।

बैठकले आफ्ना पार्टी सभापति सुशील कोइरालाको कार्यसमयमा आएको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जस्ताकोतस्तै ल्याउन सरकारसँग मागसमेत गरेको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता बडूलगायतको सहभागिता थियो ।

बैठकले तराई मधेसमा आन्दोलनरत पक्षले उठान गरेका मुख्य माग सीमाङ्कनलाई सम्बोधन गर्न नेका नेतृत्वको सरकारले निर्वाचन क्षेत्र निर्धारण र समावेशीताबारे संविधान संशोधन विधेयकलाई अगाडि बढाउन पनि सरकारसँग माग गरेको प्रवक्ता बडूले जानकारी दिए ।

For More videos Log on to Mazzako TV