मज्जाको अनलाईन, मंसिर १ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

छठको अवसर पारेर करिश्मा मानन्धर निर्मित चलचित्र ‘फागु’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दुई आँखा चार भो’ बोलको यस गीतमा नायिका शिल्पा पोखरेलले निकै मज्जाले कम्मर मर्काएकी छिन् । दयाराम पाण्डेको शब्द रहेको यस गीतमा प्रल्हाद तिमल्सिना र मिना निरौलाको आवाज रहेको छ भने संगीत बसन्त सापकोटाको हो ।

falgu-in1-699x355

कमल राईको कोरियोग्राफी रहेको यस टिपिकल शैलीको गीतले दर्शकको मन जित्न सफल हुनेमा चलचित्रकी निर्देशक सम्झना उप्रेती रौनियार निकै विश्वस्त देखिएकी छिन् ।

करिब १२ बर्षपछि करिश्मा मानन्धरको बनाएको चलचित्र ‘फागु’ अन्य चलचित्र भन्दा निकै फरक रहेको स्वयं निर्मात्री मानन्धर बताउछिन् । चलचित्रमा राजेश हमाल देखि गौरी मल्ल, बसन्त भट्ट, शिल्पा पोख्रेलको साथमा नव कलाकार सुवास पराजुलीको लगायतको अभिनय रहेको छ ।

रामशरण उप्रेतीको छायांकन रहेको यस सिनेमामा हिमाल केसीको एक्सन, बनिस शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV