मज्जाको अनलाईन, कार्तिक १९ गते, बिहिवार, २०७२, काठमाडौं ।

प्रधानमन्त्रीमा निर्वाचित भएको तीन सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल विस्तार गरेका छन् ।

आफ्नो दल एमालेबाट मन्त्री छान्न नसकेको भन्दै आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले ३ जना उपप्रधान सहित ७ जना मन्त्री थप्दै आज मन्त्रीमण्डल बिस्तार गरेका हुन्। योसँगै ६ जना उपप्रधान सहित बर्तमान मन्त्रीमण्डल १९ सदस्यीय भएको छ ।

सरकारमा यसअघि नै राप्रपा नेपालका अध्यक्ष कमल थापा परराष्ट्र सहित उपप्रधान, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भौतिक पूर्वाधार तथा यातायात र एकीकृत माओवादीका सचिव टोपबहादुर रायमाझी उर्जा सहित उपप्रधानमन्त्री छन् ।

आज एमालेबाट ५ तथा माले र जनमोर्चाबाट एकएक जना मन्त्रीमण्डलमा सहभागी भएका हुन् । माले महासचिव सीपी मैनालीलाई उपप्रधानसहित महिला, बालबालिका तथा समाकल्याण र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानसहित गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Mantri saphatएमाले उपाध्यक्ष भीम रावललाई उपप्रधानसहित रक्षा, उपमहासचिव विष्णु पौडेललाई अर्थ, केन्द्रीय सदस्य शेरधन राईलाई सूचना तथा प्रविधि, नेता आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै एमाले नेतृ शान्ता मानवीले बिना बिभागीय मन्त्रीका रुपमा सथप लिएकी छिन् । आज नियुक्त सवै मन्त्रीहरुले शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच सपथ लिएका छन् ।

यसअघि बिना विभागीय मन्त्रीको सपथ लिइसकेका एमालेका सत्यनारायण मण्डललाई युवा तथा खेलकुद, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

बिना विभागीय मन्त्रालयमा सपथ लिएका विश्वेन्द्र पासवानलाई बिज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यसैबीच, राप्रपा नेपालका तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुने राज्य तथा सहायक मन्त्रीहरुले भोली सपथ लिने तयारी गरेका छन् । राप्रपा नेपालले स्थानिय बिकास राज्यमन्त्रीमा नेतृ कुन्तीकुमारी शाही र सहायकमा बिराज बिष्ट तथा भूमिसुधार राज्यमन्त्रीमा बिक्रमबहादुर थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई पठाउने यसअघि नै निर्णय गरीसकेको छ ।

राप्रपा नेपालको भागमा परेको स्थानिय बिकासको जिम्मेवारी भने उपप्रधानमन्त्री थापा आफैले सम्हालने छन् ।

अष्टलक्ष्मीद्वारा मन्त्री बन्न अस्विकार

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने मन्त्री बन्न अस्वीकार गरेकी छिन् । श्रम तथा रोजगार मन्त्रालय मन्त्री बन्न प्रस्ताव गरे पनि शाक्यले अस्वीकार गरेकी हुन् ।

सोतका अनुसार पार्टी उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्रीको सन्देशसहित मन्त्री बन्न प्रस्ताव गरेका हुन् । ‘मैले नचाहेको मन्त्रालयको प्रस्ताव आयो,’ उहााले भन्नुभयो, ‘अहिले इच्छा छैन भनेकी छु ।’

For More videos Log on to Mazzako TV