काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतले नाकाबन्दी नगरेको र मधेस केन्द्रित दलहरुको आन्दोलनलाई सहयोग समेत नगरेको दावी गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसँग बुधवार भएको भेटमा रायले आन्तरिक समस्यालाई नेपालका राजनीतिक दलहरुले नै समाधान गर्नुपर्नेमा जोड दिएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

Nepal- Ray meetगौतमले जारी गरेको प्रेस नोटमा भनिएको छ,’पूर्वप्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिबद्ध रहेको कुरा बताउनुभयो ।’

नेता नेपालले आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूतमार्फत भारत सरकारसँग आग्रह गरेका थिए ।

भारतविरोधी भावना बढेकोमा चिन्ता
राजदुत रायले नेपालमा भारतविरोधी भावना फैलिएको भन्दै चिन्ता व्यक्त पनि गरेका छन् । रायले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा केही समस्या देखिएको उल्लेख गर्दै नेपालमा भारतप्रति नकारात्मक भावनाको बृद्धि भएकोमा चिन्ता व्यक्त गरे ।

For More videos Log on to Mazzako TV