मज्जाको अनलाइन, कार्तिक १८, बुधवार, २०७२, काठमाडौं । 

तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।

भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् । मोदी तीन दिने बेलायत भ्रमणका लागि आगामी १२ नोभेम्बरका दिन लन्डन उत्रदैंछन् ।

Narendra_modiप्रदर्शनको नेतृत्व कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले गर्दैछ । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।

उता, समितिबाहेक बेलायतस्थित नेपाली विद्यार्थीहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउन अभियान गरिरहेका छन् ।

फेसबुक पेजमा विरोध कार्यक्रमबारे जानकारी दिंदै ति युवाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

 

For More videos Log on to Mazzako TV