मज्जाको अनलाइन, कार्तिक १८, बुधवार,२०७२, झापा। 

झापाका पेट्रोल पम्पबाट सवारीसाधनमा इन्धन भर्दा अबदेखि अनिवार्य रुपमा सवारी दर्ता किताब ब्ल्युबुक चाहिने भएको छ ।

पेट्रोलियम पदार्थमा भएको अनियमितता रोक्न बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थापन समिति झापाले सवारीसाधनमा इन्धन वितरण गर्दा पेट्रोल पम्पले सवारीधनीले आफ्नो सवारीसाधनको Tranker-oilनवीकरण गरेको सवारी दर्ता किताब देखाएपछि त्यस्ता सवारीसाधनमा मात्र इन्धन वितरण गर्न पेट्रोल पम्पलाई निर्देशन दिएपछि सवारीसाधनमा इन्धन भर्न ब्ल्युबुक अनिवार्य भएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार साँझ बसेको बैठकले आजका मितिदेखि यस्तो नियम लागू गर्न लागेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत राजु दाहालले जानकारी दिए ।

उनका अनुसार इन्धन भर्न पुगेका सवारीसाधनको ब्ल्युबुकको कैफियत लेखिएको पानामा इन्धन भरेको मिति, परिमाण उल्लेख गरेर मात्र इन्धन उपलब्ध गराउन पेट्रोल पम्पलाई निर्देशन भइसकेको छ ।

त्यस्तै ग्यास र इन्धन ओसारपसार गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनमा इन्धन र ग्यास बोकेर ढुवानी गर्न नपाइने भएको छ ।

यसैगरी हाल सञ्चालनमा आएका लामो दूरीका सवारीसाधनलाई ५० प्रतिशतमा सिमित राखी सञ्चालनमा ल्याउने, काठमाडौँ जाने रात्रि बस २५, धनकुटा जाने दुई र ताप्लेजुङ जाने १५ वटा मात्र बस सञ्चालन गर्ने निर्णयसमेत भएको प्रशासकीय अधिकृत दाहालले बताए ।

For More videos Log on to Mazzako TV