काठमाडौं । काठमाडौं उपत्यकाका ८ सय डिपोबाट भोली ग्यास वितरण हुने भएको छ । सर्वसाधारणको सहजताका लागि भोलीबाट वाणिज्य विभागले प्रमाणिकरण गरेका र कम्पनीका आधिकारीक डिपोबाट ग्यास वितरण गर्न लागिएको हो ।

वाणिज्य मन्त्रालय, आयल निगम र ग्यास विक्रेता संघबीच आज भएको बैठकमा आधा सिलिण्डर ग्यास नजिकको डिपो मार्फत वितरण गर्ने सहमति भएको हो ।

सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएर डिपोमा ग्यास पुर्‍याउने प्रतिबद्धता जनाएपछि विक्रेताहरु विक्री गर्न तयार रहेको संघका महासचिव चन्द्र थापाले बताए ।

LP Gasबैठकले ग्यास विक्रीको जानकारी दिन आयल निगममा कल सेन्टरको व्यवस्था गर्ने निर्णय समेत गरेको छ । बैठकले वैकल्पिक व्यवस्थाको प्रयोगमा जोड दिन पनि सर्वसधारणलाई आग्रह गरेको छ ।

बैठकमा सरकारी प्रतिनिधीहरु समक्ष ग्यास विक्रेताले आपूर्ती सहजताका लागि सरकारले गरेको पहल जारी राख्दै नागरिकको जनजिवन यथासिघ्र सामान्यतर्फ उन्मुख गराउन माग गरेका थिए ।

पारदर्शी रुपमा ग्यास वितरण तथा अनुगमनका लागि उच्चस्तरीय समिति समेत गठन हुनेभएको छ ।

For More videos Log on to Mazzako TV