मज्जाको अनलाईन,कार्तिक १५ गते, आइतवार, २०७२, काठमाडौं ।

निर्णायक हुने भनिएको सरकार र मधेसी मोर्चाबीचको वार्ता बिना निश्कर्ष टुंगिएको छ । राजधानीको तीनकुनेस्थित फोरम लोकतान्त्रिक नेपालको पार्टी कार्यालयमा भएको वार्ता करिब एक घण्टा चलेको थियो ।

उपप्रधान एवं सरकारी वर्ताटोलीका संयोजक कमल थापाले मोर्चासंग प्रदेश सिमांकनवारेमा राजनैतिक सहमति कायमगरि संबैधानिक प्रकृयाबाट सम्बोधन गर्न सकिने विकल्प पेश गरेको बताए ।

‘आन्दोलनरत मधेसी मोर्चासंग आजको वार्तामा प्रदेश सिमांकनवारेमा राजनैतिक सहमति कायमगरि संबैधानिक प्रकृयाबाट सम्बोधन गर्न सकिने विकल्प पेश गरियो’, वार्तापछि थापाले फेसवुकमा लेखेका छन् ।

Govt- Madeshi Morcaha meetingत्यस्तै वार्ता टोलीका अर्का सदस्य मन्त्री रामजनम चौधरीले देखिएका समस्या संबैधानिक प्रक्रियावाटै टुंगो लगाउने निर्णय भएको जानकारी दिए ।

यद्यपि सरकारले माग सम्बोधनका लागि संविधान संशोधन गर्नु पर्ने भन्दै दलहरुसँग सम्वादका लागि समय मागेको छ ।

आन्दोलरत मोर्चामा आवद्ध तामसपाका नेता रामनरेश राय यादवले केही दिनको गृहकार्यपछि वार्तामा बस्ने समझदारी भएको बताए । सीमाकंनसहितको मागप्रति सरकार सकारात्मक देखिएको छ’, उनले भने, ‘हाम्रो माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपछ र यसका लागि कांग्रेस पनि तयार हुनुपर्छ ।’

मोर्चाले आन्दोलन फिर्ता नलिने

यसैबीच, तराई मधेसमा ७९ औं दिनदेखि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन फिर्ता नलिने दोहोर्‍याएको छ । जनकपुरमा दुई दिनसम्म चलेको मोर्चाको बैठकले आन्दोलन टुंगोमा नपुगेसम्म अझै सशक्त बनाउने निर्णय गरेको छ ।

आन्दोलनका दौरान जारी रहेका आन्दोलन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु, आमहड्ताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योग कलकारखानालगायत सरकारी कार्यालय तथा वित्तिय संस्थाहरुको बन्दी अझ बढी सशक्तरुपमा अगाडि बढाउने मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

मोर्चाले जनपरिचालनलाई अझै सशक्त र सहभागितामुलक बनाउने पनि निर्णय गरेको छ । बैठकले वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।

मोर्चाले आन्दोलनमा सम्पूर्ण औद्योगिक तथा व्यवसायीक वर्ग, किसान लगायतले लिएको बैंक ऋणको ब्याज र जरिवाना मिनाहा गर्न पनि माग गरेको छ ।

For More videos Log on to Mazzako TV