मज्जाको अनलाइन,कार्तिक १४ गते, शनिवार, २०७२, काठमाडौं ।

सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले भोलि पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ ।

उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नेछन् ।

दिउँसो २ बजे सपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिए ।

For More videos Log on to Mazzako TV