भारतको धम्की : चीनसँग सम्झौता गर्दैमा नाका कसरी खुल्छ ?
मज्जाको अनलाइन, कार्तिक १३ गते, शुक्रवार, २०७२, काठमाडौं ।
देशमा विद्यमान इन्धन संकट टार्न नेपालले चीनसँग गरेको सम्झौताबारे दक्षिणी छिमेकी भारत सरकारले आफ्नो धम्कीपूर्ण धारणा सार्वजनिक गरेको छ ।
उसले हाल रोकिएको रक्सौल, वीरगञ्ज नाका चीनसँगको सम्झौताले कसरी खुल्छ ? भनेर प्रश्न गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकाहरुले नेपाल र चीनबीच भएको सम्झौताबारे प्रश्न गरेका थिए ।
प्रतिउत्तरमा उनले नेपाल र चीनबीच भएको सम्झौताबारे आफूहरु जानकार रहेको बताए । उनले नेपालले भारतबाट आपूर्ति इन्धन नेपाली सीमामा भएको आन्दोलनले सो नाका बन्द रहेको पुनः दोहोर्याए ।
नेपालको एक क्षेत्र र जनसंख्याको एक हिस्सा संविधानसँग सहमत नभएको र उनीहरुले भारतबाट हुने सप्लाइ रोकेको भन्दै प्रवक्ता विकासले भने, त्यो सम्झौताले कसरी रक्सौल, वीरगञ्ज खुल्न कसरी सहयोग गर्छ, हेर्नु पर्नेछ ।’
पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल र भारतको व्यापार सम्झौताका आफ्नै विशेषता भएको बताए । उनले नेपालमा तेस्रो देशबाट हुने आपूर्तिसमेत भारतबाटै हुने स्मरण गराए । साथै उनले नेपालमा हुने वैदेशिक लगानीमध्ये आधा भारतबाटै हुने समेत बताए ।
इन्धन आपूर्तिमा भारतको तर्फबाट कुनै अवरोध नभएको तर्क गर्दै उनले नेपाललाई भारतले सक्दो सहयोग गरिरहेको बताए ।
हवाइ इन्धन विमानबाट पठाउन सहयोग गरेको र एलपी ग्यासको रिरुटमा समेत सहयोग गरेको उनले बताए ।
For More videos Log on to Mazzako TV