मज्जाको अनलाईन, कार्तिक १३ गते, शुक्रवार, २०७२, नवलपरासी ।

नवलपरासीमा पुर्व गृहराज्यमन्त्री देवेन्न्द्रराज कंडेललाई गोलि हान्ने प्रयास बिफल भएको छ ।Davendra Raj Kadel

शुक्रवार दिउँसो साढे एक बजेतिर उनको गृहनगरनजिकै दुई भारतीय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोलि हान्ने प्रयास गरेका थिए ।

नवलपरासीका प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यायका अनुसार, बडहरा दुवौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको अवस्थामा भारतीय मोटरसाइकलमा आएका दुई जनाले एक्कासी पेस्तोल निकाल्दै गर्दा कंडेलका अंगरक्षकले उनीहरुलाई ढालेका थिए ।

पेस्तोलसहित भारतीय नागरिक दुईजना पक्राउ परेका छन् । भारतीय नागरिक उज्जल गर्तौला र जोगेन्द्र पासवान पेश्तोलसहित पक्राउ परेका छन् । भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन् भन्ने खुलेको छैन ।

उनीहरु चढेर आएको भारतीय नम्वरको मोटरसाइकल स्थानीयवासीले आगो लगाइदिएका छन् ।

For More videos Log on to Mazzako TV