मज्जाको अनलाइन, कार्तिक १३ गते, शुक्रवार, २०७२, काठमाडौं । 

संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । व्यवस्थापिका-संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराहृन १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादव उम्मेद्वार छन् भने सत्तारुढ दलले उम्मेद्वार तय गरेका छैनन् ।

उम्मेद्वारी दर्ता भएपछि दिउँसो साढे एक बजे उम्मेदवारको वणर्नुाक्रमानुसारको नामावली प्रकाशन गरिनेछ । दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

CA-buildingशनिबार बिहान ११ बजेदेखि अपराहृन २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।

शनिबार अपराहृन साढे २ बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका-संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।

सङ्घीय गणतन्त्र नेपालको संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । बुधबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको चयन हुन लागेको हो ।

For More videos Log on to Mazzako TV