मज्जाको अनलाइन, कार्तिक १२ गते, बिहिवार, २०७२, काठमाडौं । 

नयाँ राष्ट्रपति विद्या भण्डारीको सपथपछि निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ गरिएको छ । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार शितलनिवासमा विशेष समारोहको आयोजना गरि याद्वको बिवदाई गरिएको हो । विदाई समारोहलाई सम्बोधन गर्दै डा. यादवले हिमाल पहाड, तराई-मधेस जहाँ बसेको भए पनि हामी सबै नेपाली भएको बताएका छन् ।

सात वर्षअघि हिमाल पहाड, तराई-मधेस मध्ये जहाँ बसेपनि, जे जस्तो भेषभूषा धारण गरे पनि, जुन भाषा बोले पनि, जुन धर्म संस्कृति मानेपनि नेपाली सीमाभित्र बस्ने हामी सबै नेपाली हौं भन्दै शीतल निवास प्रवेश गरेको यादवले स्मरण गरे । ‘आज विदा हुँदै गर्दा म त्यही कथन दोहोर्‍याउँछु’, निवर्तमान राष्ट्रपति यादवले आफ्नो लिखित सम्बोधनमा भने,‘जहाँ बसेको भए पनि हामी सबै नेपाली हौं । यहि भावना बोकेर हिमी अघि बढौं । यसमै हामी र हाम्रा सन्ततिको भविश्य सुरक्षित रहनेछ ।’
Rambaran yadhav bidai1मुलुकको पहिलो राष्ट्रपति यादवले तराई मधेस लामो समयदेखि असान्त र आन्दोलित रहँदा त्यहाँ बासिन्दा तथा मुलुकभरकै जीवन कष्टकर भएकोप्रति गम्भीर भर्इ राजनीतक दल, संसद र सरकारको अविलम्ब ध्यान दिने आशा व्यक्त गरेका छन् । ‘मुलुककमा जुनसुकै भूभागका जुनसुकै समुदायले उडाएको अवाज र गुनासालाई संयम र सहानुभूतिपूवर्क सुन्ने र शान्तिपूर्ण उपायबाट समस्याको समाधान खोज्ने सस्कार सुरु गर्न विशेष आग्रह गर्छु’, यादवले भने ।

उनले कुनै पनि संविधान पूर्ण दस्तावेज नहुने भन्दै निरन्ततको अभ्यास, मन्थन र समय सापेक्ष संशोधनबाट नै पूर्णता पाउने बताएका छन् । ‘नेपालको राजनीतिले भविश्यमा नयाँ संविधानले तय गरेको दायराभित्र नै आफ्नो बाटो पहिल्याउने छ भन्ने अपेक्षा राखेको छु’, निवर्तमान राष्ट्रपति यादवले भने,‘संवैधानिक यात्रा छट्पछी पैदा गराउने गरी सुस्त हुने भएकाले उसमा पर्याप्त संसद र धैर्यको खाँचो पर्नेछ ।’

उनले अबको हरेक राष्ट्रिय आवश्यकता र राजनीतिक समस्याको समाधान राजनीतिक दलहरुले संवैधानिक तथा शान्तिपूर्ण तरिकाबाट खोज्ने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो विदाइसँगै देशको अन्तरिम शासन व्यवस्थाको एउटा चरण पुरा भएको भन्दै यादवले १२ बुँदे सममतिदेखि गणतन्त्र घोषणा हुँदासम्म कायम रहेको दलहरुको एकता र सहकार्य आगामी दिनमा कायम रहोस् भनि कामना गरेका छन् ।

For More videos Log on to Mazzako TV