मज्जाको अनलाइन, कर्तिक १२ गते, बिहिवार, २०७२, काठमाडौं । 

बुधबार साँझदेखि पश्चिम नेपालका विभिन्न जिल्लासहित देशका विभिन्न भागमा वर्षा भएको छ ।

मनसुन सकिएपनि पश्चिमी वायुको प्रभावले हिजो रातिदेखि पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ ।

मौसमविज्ञ वरुण पौडेलले मध्य अरब सागरबाट बादल उठेर आएका कारण नेपालका मध्य तथा पूर्वी जिल्लामा पनि वर्षा भएको जानकारी गराए ।

वर्षा हुने क्रम पश्चिमबाट पूर्वतर्फ बढेका कारण आज साँझदेखि पश्चिम भागमा वर्षा हुने क्रम बन्द हुँदै भोलि बेलुकासम्म सबै क्षेत्रमा वर्षा रोकिने उनको भनाइ छ । पानी परेसँगै काठमाडौँमा बिहीबार बिहानदेखि जाडो बढेको छ ।

200236712-001पाकेको धानखेतीलाई असर

हिजो साँझदेखि पश्चिम नेपालका दिपायल, डडेलधुरा, नेपालगञ्ज, जुम्ला, दाङ, पोखरा भैरहवालगायत स्थानका साथै पूर्वी नेपालका काठमाडौँ र यस आसपासका जिल्लामा पानी परेका कारण पाकेको धानखेतीलाई असर पुर्याएको हो ।

पानीका कारण काटेर सुकाउन लागेको धान भिजेको र काट्ने तयारीमा लागिएको धानका लागि पनि असर पारेकोे कृषकहरू बताउँछन् ।

काठमाडौँका अधिकांश स्थानमा धान काट्न बाँकी रहेका कारण धान काट्न एक दुई दिन ढिला हुने भए पनि त्यसको असर धेरै नपरेको दक्षिणकाली कृषि सेवा केन्द्रका प्रमुख रघुनाथ खड्काले बताए ।

For More videos Log on to Mazzako TV