मज्जाको अनलाइन, कार्तिक १२ गते, बिहिवार, २०७२, काठमाडौं । 

संघिय गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिको रुपमा नेकपा (एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भए पछि संसारभार यसको चर्चा भएको छ ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित भए लगत्तै उत्तरी छिमेकी चीनले बधाई दिएको छ । चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट भण्डारीलाई बधाई दिइएको हो ।

चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई बुधवार नै भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दएका हुन् । यस अघि चीनले नेपालका हरेक बिषयमा ढिला गरि प्रतिक्रिया जनाउने गथ्र्यो । भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत चुन्ताईले उनको कार्यकाल सफलताको बधाई दिएका हुन् ।

Bidhya Bhandariउता अर्को मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले पनि नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई अभूतपूर्ण सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्ने बताए ।

उनले भने,‘हामी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्न तत्पर छौं । हामी नेपाली जनतासँग काँधमा काँध मिलाएर प्रजातन्त्र र भूकम्पपछिको पुनः निर्माणका लागि अघि बढ्न तयार छौं ।’

भारत मौन

प्रधानमन्त्रीमा केपी ओली निर्वाचित भए लगत्तै टेलीफोन गरेर बधाई दिएको दक्षिणी छिमेकी भारतले नयाँ राष्ट्रपतिलाई बिहिवार मध्यान्नसम्म बधाई दिएको छैन् । नेपालको संविधान प्रति असन्तुष्टि जाहेर गर्दै नेपाल विरुद्ध अघोषित नाकाबन्दी जारी राखेको भारतले यसबारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन् ।

स्मरणीय रहोस नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन र भारतसँगको लामो एकाधिकार तोड्दै नेपालले चीनसँग तेल आयातकोे लागि सम्झौता एकै दिन भएका छन् ।

छिमेकीका सानो भन्दा सानो कुरामा अनावश्यक चासो राख्ने भारत यसप्रति रिसाएर नयाँ राष्ट्रपतिलाइ बधाई दिन कन्जुसाई गरेको हुनसक्छ ।

For More videos Log on to Mazzako TV