मज्जाको अनलाइन, कार्तिक ११ गते, बुधवार, २०७२, दोहा ।

कतारले स्पोन्सरसीप (कफला) सम्बन्धी कानुन परिमार्जन गरेको छ । नेपाली सहित आप्रवासी कामदारले कतारमा रोजगार गर्न पाउने र फर्कन पाउने सम्बन्धी कानुन व्यवस्थालाई लचिलो गर्दै कतारले कफला प्रणालीमा सुधार गरेको हो ।

पारिमार्जित नियम अनुसार अब कतारमा काम गर्न जाने कामदारको स्पोन्सरसीप करारपत्र अनुसार हुनेछ । परिमार्जित कानुनले स्पोन्सरलाई कामदार बाहिर जानलाई रोक्ने अधिकार नदिने जनाइएको छ ।Doha

कतारका राष्ट्रपति आमिर शेख तमिम बिन हमाद अल—थानीले नयाँ स्पोन्सरसीप कानुनलाई हिजोमात्र प्रमाणीकरण गरेका हुन् । आप्रवासीको प्रवेश र फिर्ता तथा उनीहरुको आवासिय नियमन गर्ने कानुन नम्बर २१, २०१५ जारी गरिएको कतार समाचार समिति (क्युएएनए) द्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

गैरकानुनी काममा संलग्न भएको खण्डमा भने अदालत र कानुनी निकायले मात्रै रोक्न सक्ने कतारका बरिष्ठ वकिल युसुफ अल जामानले बताए ।

सरकारी राजपत्रमा जारी भएको मितिले एक बर्षपछि मात्रै सो कानुन कार्यान्वयन हुने बताइएको छ । झन्डै डेढ वर्षदेखि विभिन्न तहमा चरणवद्ध छलफल र बहस गरेर कतार सरकारले नयाँ स्पोन्सरसीप कानुन ल्याएको हो ।

यसैबीच कतारस्थित नेपाली कामदारले परिमार्जित कानुनले आफुहरुलाई उत्साहित बनाएको र कार्य गर्ने वातावरण सहज बनाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

कतारमा झन्डै साढे चार लाख नेपाली कार्यरत छन् ।

For More videos Log on to Mazzako TV