मज्जाको अनलाइन,कार्तिक ११ गते, बुधवार, २०७२, काठमाडौं । 

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । बुधवार ११ बजे देखि संसद सचिवालयको ल्होत्से हलमा गोप्य मतदान सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरिसकेका छन् । मतदान गर्न करिब दुई सय मिटर लामो लाइन छ । एमाओवादी अध्यक्ष प्रचण्डले पनि मतदान गरिसकेका छन् ।

Bidhya Bhandariराष्ट्रपति निर्वाचनमा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी,  कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायन मर्हजन चुनावी प्रतिस्पर्धामा छन् ।

सत्तापक्षको साझा उम्मेदवार भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पक्का जस्तै छ । उनलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहित सत्तारुढ गठबन्धनको समर्थन छ ।  एमाले विद्याको पक्षमा ३५० भन्दा बढी मत खस्ने दाबी गरेको छन् ।

व्यवस्थापिका संसदमा ५९९ सांसद छन् । राष्ट्रपतिमा निर्वाचित हुन २९९ मत आवश्यक पर्छ ।

For More videos Log on to Mazzako TV