मज्जाको अनलाईन, कार्तिक १० गते बुधबार, २०७२, काठमाण्डौं ।

सिताराम कट्टेल अर्थात ‘मेरी बास्सै’का ‘धुर्मुसे’ । हुन त सिताराम कट्टेलले पर्दामा धेरै क्यारेक्टरहरु निर्वाह गरेका छन् तर पनि उनलाई देख्ने मान्छेले फ्याट ‘धुर्मुसे’ नै भनिहाल्छन् । ‘खड्काजी’, ‘मुस्कान पासा’ लगायतका उनका क्यारेक्टर पनि उत्तिकै चर्चामा छन् तर पनि सितारामको नामसँगै झुन्डिने नाम भने ‘धुर्मुसे’ नै हो ।

384665_243849192355027_462514761_n

‘मेरी बास्सै;को लोकप्रियतासँगै ‘धुर्मुसे’को लोकप्रियता पनि चुलिएको हो । हाँस्य टेलिश्रंखला ‘मेरी बास्सै’को सुरुवातदेखिकै ‘धुर्मुसे’ क्यारेक्टर गर्दा सिताराम आफुलाई पनि निकै रमाईलो लाग्ने बताउछन् । हालसालै चलचित्र ‘वडा नम्बर ६’ को प्रचारप्रसारका लागि ‘तितो सत्य’मा पुगेका सिताराम कट्टेलले ‘धुर्मुसे’को अर्थ निकै जोडदार रुपमा राखेका छन् ।

के हो त उनको नामको अर्थ ? आउनुस् भिडियो हेरौं ।

For More videos Log on to Mazzako TV