मज्जाको अनलाईन, कार्तिक १० गते, मंगलवार, २०७२, काठमाडौं ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेकपा(एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपामा(ओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हुन ।

त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन् ।

Bidhya and Kulbahadurसत्ता गठबन्धनमा सहभागी दलका तर्फबाट संयुक्त उम्मेदवारको रुपमा भण्डारीको उम्मेदवारी दर्ता गराइएको एमालेका सचेतक गोकुल घर्तीले जानकारी दिए ।

कांग्रेसबाट कुलबहादुर गुरुङ

यसैबीच नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रपतिको निर्वाचनमा नेता कुलबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा मंगलवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्वमहामन्त्री गुरुङलाई राष्ट्रपति र अमियकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

गुरुङ काँग्रेसमा इमान्दार छविका पाका नेताका रुपमा परिचित छन भ भने यादवले कांग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्छन् । कांग्रेस आफ्ना उम्मेदवारलाई विजयी गराउन संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

नयाँ संविधान जारी भएसँगै संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ भने राष्ट्रपतिको निर्वाचन बुधबार र उपराष्ट्रपतिको निर्वाचन यही असोज १४ गते हुने तय भएको छ ।

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले सोमबार मात्र आफ्नो पार्टीबाट तर्फबाट उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तथा एमाओवादीले नन्द किश्वर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

For More videos Log on to Mazzako TV