मज्जाको अनलाइन, कार्तिक ९ गते, सोमवार, २०७२, काठमाडौं । 

मुलुकमा चरम इन्धन सङ्कट भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गरेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’ (अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गरेका हुन् । आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गरेको र आजदेखि लागू गरिएका हो ।

गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन सङ्कट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको जानकारी दिए ।

Shakti-basnetनागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, मन्त्री बस्नेतले भने,तत्काल मलाई मुलुक सङ्कटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।

For More videos Log on to Mazzako TV