मज्जाको अनलाईन, लण्डन, कार्तिक ९ गते, सोमबार ।

विजया दशमी र तिहारको अवसर पारेर बेलायतमा प्रदर्शन गरिएको चलचित्र ‘वडा नम्बर ६’ ले पहिलो शोमै लण्डनमा ८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। शनिवार साँझ अल्डरसटस्थित द इम्पायर हाउसमा प्रदर्शन भएको थियो। उक्त चलचित्र हेर्न ५ सय भन्दा बढी दर्शकको उपस्थ्तिी रहेको थियो ।

london

नेपलिज इन्टरटेनमेन्टका लागि बिरेन खड्का र अनिल मल्लले चलचित्रलाई बेलायतको नेपाली समुदाय समक्ष प्रदर्शन गर्ने अधिकार लिएका छन्। खड्काका अनुसार डोरमा १५ र बाहिर टिकट किन्नेका लागि १० पाउण्ड तोकिएको थियो। आगामी दिनमा बेलायतस्थित फोक्स्टन, आशफोड, केन्ट, प्लमस्टेनडलगायतका क्षेत्रको सो चलचित्र प्रदर्शन गर्ने तयारी रहेको खड्काले जानकारी गराएका छन्।

Woda number 6

दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, दीपाश्री निरौला, केदार घिमिरे, सीताराम कट्टेल, विल्सनविक्रम राई, नीर शाह, राजाराम पौडेल, दयाहाङ राईलगायत कलाकारहरुले अभिनय गरेको चलचित्र ‘वडा नम्बर ६’ ले नेपालमा पनि हाउसफुलको ब्यापार गर्न सफल भएको थियो । अझै पनि विभिन्न हलहरुमा प्रर्दशन भईरहेको यस सिनेमालाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।

‘वडा नम्बर ६’ को नेपालमा प्रर्दशनको बेला यस्तो देखिएको थियो । (भिडियो हेर्नुहोस्)

 

For More videos Log on to Mazzako TV