मज्जाको अनलाइन, कार्तिक ९ गते, सोमवार,२०७२, काठमाडौं । 

नेकपा एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सहमतिका आधारका राष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदले बुहमतीय प्रक्रिया सुरु गरिसकेको छ । भोलि मंगलबार उम्मेदवारीको समय तोकिएको छ । ११ गतेको संसद बैठकमा मतदान हुनेछ ।

Bidhya Bhandariसत्तारुढ गठवन्धनको संसदमा बहुमत भएकाले भण्डारी राष्ट्रपति बन्ने सम्भावना धेरै छ । राष्ट्रपतिमा भण्डारी निर्वाचित भए उनी नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपति हुने छिन ।

उता सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार अब एमाओवादीले उपराष्ट्रपतिमा उम्मेदवारी दिनेछ । एमाओवादीमा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङको सम्भावना बलियो छ । यद्यपि निर्णय भइनसकेको र अहिले पनि छलफल चलिरहेको एक नेताले बताए ।

एमाओवादीमा उपराष्ट्रपतिको उम्मेदवारका लागि नेत्री शशी श्रेष्ठको नाम पनि प्रस्ताव भएको छ । तर, नयाँ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय र लिंगको हुनुपर्ने प्रावधानका कारण श्रेष्ठको सम्भावना भने कम छ ।

For More videos Log on to Mazzako TV