मज्जाको अनलाइन, कार्तिक ७ गते, शनिवार, २०७२, काठमाडौं ।

काठमाडौं। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका– संसद्मा यही कात्तिक ११ गते हुने भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा ९२० अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा ९३० बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिइन ।

Sital-niwas1उनले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २६ र ३८ को उपदफा ९१० बमोजिम ती पदका लागि निर्वाचनको मिति तोकिनुका साथै व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिन् ।

साथै सभामुखले निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गर्न निर्वाचन अधिकृत भट्टराईलाई निर्देशन दिइन ।

त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेकी थिइन ।

सभामुखमा निर्वाचित भएपछि उनले सञ्चालन गरेको यो पहिलो बैठक हो ।

For More videos Log on to Mazzako TV