मज्जाको अनलाइन, कार्तिक ७ गते, शनिवार, २०७२, काठमाडौं । 

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा भारतीय शीर्ष नेतृत्वले आपूर्ति व्यवस्था सहज बनाउन दिएको आश्वासन हालसम्म पूरा नभएको बताएका छन् ।

शनिबार व्यवस्थापिका संसदलाई भारत भ्रमणबारेजानकारी दिँदै मन्त्री थापले भने, ‘ म भारतबाट आएको केही दिन बितिसक्यो तर यसबीचमा वार्ताको क्रममा भएको सहजीकरणको प्रतिबद्धता कार्यान्वयन भएको अनुभूति पाएका छैनौं ।’ आफु भारतबाट फिर्ता भएको धेरै दिन बितिसक्दा पनि सीमानाकामा अवरोध र आपूर्तिमा असहजता कायम रहेकोमा थापाले चिन्ता व्यक्त गरे । ।

उनले भारत आफूले दिएको वचन अनुसार अघि बढ्नेमा अझै आशा व्यक्त गरे । ‘भूपरिवेष्टित राष्ट्रको हक र अधिकार दिन भारतले कुनै कसर राख्दैन भन्ने आशा गरेको छु,’ उनले भने ।

Kamal Thapa in Parliamentथापाले उपलब्ध भएका सबै नाकाहरुबाट आपूर्ति गर्न सहयोग पुर्याउने भारतले आफूलाई वचन दिएको बताएका थिए । ‘रक्सौल नाकामा अड्केर रहेका रिरुटिङ गरेर सहजीकरण गर्ने र नजिकका डिपोबाट इन्धन आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता भएको थियो,’ थापाले भने ।

थापाले इन्धन आपूर्ति सहज बनाउन सरकारले अन्य विकल्पहरुको पनि तयारी गरिरहेको जानकारी दिएका थिए । यसमा सरकार युद्ध स्तरमा काम गरिरहेको पनि उनले बताए ।

त्यस्तै, थापाले आन्दोलनरत मधेशी मोर्चासँग औपचारिक वार्ता शुरु भएको पनि बताएका छन् । ‘मधेशी मोर्चासँगको वार्ताको क्रममा पूर्ववत सरकारले महत्वपूर्ण निर्णय गरेको छ । त्यसमा हाम्रो प्रतिबद्धता रहने छ’, सरकारका तर्फबाट गठित बार्ता टोलीका संयोजक समेत रहेका थापाले भने,‘ अब भोली फेरि वार्ता हुँदैछ । देशलाई संक्रमणबाट मुक्त गर्न समस्या चाँडो हल गर्नुपर्छ ।’

For More videos Log on to Mazzako TV