मज्जाको अनलाइन, कार्तिक ७ गते, शनिवार, २०७२ , काठमाडौं । 

भारतले पेट्रोलियम पदार्थमा अघोषित रुपमा नाकाबन्दी गरेपछि चीनले एक हजारभन्दा बढी मेट्रिक टन तेल पठाउन लागेको छ ।

चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन तेल केरुँग नाकाबाट मंगलवार नेपाल पठाउने तयारी गरिरहेको वाणिज्य आपूर्ति Nepal- China flagमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यस विषयमा सम्झौता गर्न आइतबार अर्थ मन्त्रालय ,वाणिज्य आपूर्ति र परराष्ट्र मन्त्रालयको एक सरकारी टोली चीन जान लागेको छ ।

सत्ता साझेदार दल एनेकपा माओवादी को अगुवाइमा चीनबाट पेट्रोलियम लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भइसकेको छ ।

भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका चिनियाँ र नेपाली अधिकारीको प्रयासमा केही दिनअघि खोलिएको थियो ।

नाका खुलेकै दिन फेरि पहिरोले बन्द भएको केरुङ नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् ।

For More videos Log on to Mazzako TV