मज्जाको अनलाइन, कर्तिक ६ गते, शुक्रवार, २०७२, काठमाडौं । 

काठमाडौं । मलेसियामा सम्पन्न आइसीसी अन्डर १९ विश्वकप छनोटमा विजयी भएर आएको नेपाली टोली शुक्रबार काठमाडौं आइपुगेको छ ।

मध्यान्ह साढे १२ बजे आएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

नेपालले बिहीबार भएको खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु-१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।

नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबारको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।

Nepali Cricket team returns homeजितसँगै नेपालले अर्को वर्ष बङ्गलादेशमा अर्को वर्ष हुने यु-१९ विश्वकप खेल्नेछ । यससँगै नेपालले सातौँ पटक यु १९ विश्वकपमा छनोट हुन सफल भएको हो ।

यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा पनि नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।

बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले पहिलो ब्याटिङ गर्दै नेपाल सामु १८५ रनकै लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा नेपालका ओपनर जोडी सुनिल र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले लक्ष्य सहज रूपमा भेट्टाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो ।

तेस्रो खेलमा अमेरिकालाई छ विकेट तथा चौथो खेलमा आयरल्यान्डलाई आठ विकेटले नै पराजित गरेको थियो ।

For More videos Log on to Mazzako TV