मज्जाको अनलाइन, कार्तिक ६ गते, शुक्रवार, २०७२, काठमाडौं । 

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारका पालामा आन्दोलनरत् मधेसी दललाई वार्तामा ल्याउने गरिएको प्रयास र समाधान खोज्न संसदमा दर्ता गराईको संविधान संशोधनको प्रस्तावले सार्थक बनाउनुपर्ने बताएका छन् ।

कोइरालाले पूर्ववर्ती सरकारको प्रयासलाई वर्तमान सरकारले परिणाम मुखी बनाउने विश्वास व्यक्त गरेका छन् । ‘संविधानका केही विषयमा असहमति देखाउदै आन्दोलनमा रहनु भएका राजनीतिक दलहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न मेरो नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गर्नुको साथै आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउन गरिएको प्रयासलाई सार्थक बनाउनु परेको छ,’ कोइरालले आफ्नो शुभकाना सन्देशमा भनेका छन् ,‘ वर्तमान सरकारले त्यसलाई परिणाममा पुर्याउने मैले विश्वास लिएको छु ।’

Sushil Koiralaविजया दशमीका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै कोइरालालाले सांस्कृतिक चाड पर्वहरुले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको भनेका छन् ।

उनले सशस्त्र द्धन्द्धको अन्त्य गरी संविधान लेखनसम्मको प्रक्रियाको अनुभवले मधेस आन्दोलनलाई व्यवस्थापन गर्न सहयोगी हुने उल्लेख गरेका छन । ‘सशस्त्र द्धन्द्धको शान्तिपूर्ण समाधान सहित संविधान लेखन र घोषणा गरिसकेको हाम्रो अनुभव देशको तराई मधेशमा देखिएको समस्याको समाधानमा पनि उपयोगी हुनेछ’, विज्ञप्तीमा भनिएको छ ।

उनले भर्खरै जारी भएको नेपालको संविधान नेपालमा दिगो शान्ति, राजनीतिक स्थायित्व, विकास र नेपाली जनताको सुख र समृद्धिको आधार हुने विश्वास व्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV