मज्जाको अनलाइन, कार्तिक ४ गते, बुधवार, २०७२, भद्रपुर ।

प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापामा व्यस्त छन् । आज बिहान यहाँ आएका भएका उनले गरामनीस्थित सहीद स्मारकको अनावरण गरे।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले झापा र इलामको सीमानामा पर्ने सुखानीमा अवस्थित सहीद स्मृति पार्कमा सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित माल्यार्पण गरे ।

प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले) झापा जिल्ला कार्य समिति र स्थानीय ३१ वटा सङ्घसंस्थाद्वारा आजै अपराह्न विर्तामोडस्थित उग्रसेन भवनमा आयोजना हुने विशेष कार्यक्रममा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

For More videos Log on to Mazzako TV