nepali national cricket-team u-19

मज्जाको अनलाइन, कार्तिक ४ गते, बुधवार, २०७२, काठमाडौं ।

काठमाडौं । नेपाल आईसीसी अन्डर १९ क्रिकेटको विश्वकप छनोटमा समुह विजेता बनेको छ । लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै नेपाल सतप्रतिशत नजिता निकाल्दै समुह विजेता बनेको हो ।

उपाधिका लागि नेपालले भोली फेरि आयरल्याण्डसँगै प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेता टोली आगामी बर्ष बंगलादेशमा हुने अण्डर १९ बिश्वकपका लागि छनौट हुनेछ । शिर्ष स्थानको नेपालको ४ खेलबाट ८ अंक छ । उपाविजेता बनेको आयरल्याण्डको ४ खेलबाट ६ अंक छ ।

समुह चरणको अन्तिम खेलमा नेपालले बलियो आयरल्यान्डलाई ८ विकेटले पराजित गर्‍यो । १ सय ८५ रनको लक्ष्य नेपालले ४३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । ओपनरद्वय सुनिल धमला र सन्दिप सुनारले पहिलो विकेटकालागि १ सय ७० रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पार्‍यो । सुनारले ८५ तथा धमलाले ७५ रनको योगदान दिए । कप्तान राजु रिजाल १६ र योगेन्द्रसिंह कार्की ४ रनमा अविजित रहे ।

यसअघि, मलेसियाको किनरारा ओभलमा टस जितेर व्याटिङ्ग गरेको आयरल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय ८४ रन बनाएको थियो । ओपनर आरोन जिलिपाईले अर्धसतक पुरा गरेको खेलमा ज्याक टिटरले ४६ रन बनाए । नेपालका प्रेम तामाङ्ग चार तथा ललित राजबंशीले २ विकेट हात पारे ।

For More videos Log on to Mazzako TV