मज्जाको अनलाईन, कार्तिक ३ गते, मंगलवार, नेपालगन्ज । 

बाँकेको खासकुस्मा गाविस चपरगौरीमा बस पल्टिएर आगो लाग्दा ८ जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । दसैं मनाउन हिँडेका यात्रु बोकेर वुटवलबाट नेपालगंजको लागि छुटेको लु १ ख ५८ २८ नम्बरको बस दिउँसो ४ बजेतिर पल्टिएको हो ।

दुर्घटनापछि बसमा आगलागी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अमेलियाले दिएको जानकारीअनुसार बसमा ३३ यात्रु सवार थिए ।
स्थानीयबासिन्दाले ग्यासको सिलिण्डर पड्किएजस्तो ठूलो आवाज आएको बताएका छन् । दुर्घटनालगत्तै बसभित्र रहेको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको अनुमान छ । बसभित्र कति यात्रु थिए भन्ने यकिन भैसकेको छैन । प्रहरीले घटनास्थल पुगेर उद्धारको काम गरिरहेको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

For More videos Log on to Mazzako TV