मज्जाको अनलाईन, कार्तिक ३ गते, मंगलवार, २०७२, काठमाडौं ।

राष्टपति डा रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको आज बाँकी कैदको माफी दिएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकूल नहुने असल चालचलन भएका पूर्णप्रसाद धमलासहित वृद्ध र अशक्तसमेतलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्यविधि, २०७१’ संशोधन गरेको थियो ।

यसमा गम्भीर अपराध बाहेकका कैदीलाई माफी दिइएको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्ष उमेरपछि कैद मिनाहा हुने व्यवस्था थियो ।

Sital-niwas1रसुवामा कैदीबन्दीलाई खसी

यसैबीच रसुवा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार रसुवाका कैदीबन्दीलाई आज खसी प्रदान गरेको छ ।

रसुवाका प्रजिअ शिवराम गेलालका अनुसार बडादसैँ मान्न आफ्नो आग्रहमा कारागारभित्र रहेका ८८ बन्दीलाई करिब १५ केजीको खसी प्रदान गरिएको हो ।

प्रजिअ गेलाल र वाणिज्य सङ्घका अध्यक्ष कैसाङ नुर्पु तामाङले संयुक्त रुपमा खसी हस्तान्तरण गरेलगत्तै त्यहाँका कैदीबन्दीले खुसी व्यक्त गरेको बन्दी नाइके देववाङ्दी तामाङले बताए ।

For More videos Log on to Mazzako TV