मज्जाको अनलाईन, कार्तिक ३ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

दशै तिहारको ‘फेष्टिभ मुड’लाई ‘क्याच’ गर्दै चलचित्र ‘नाई नभन्नु ल ४’ को एकदमै फ्रेस गीत सार्वजनिक गरिएको छ । लोकभाकाको यस गीतमा प्रेम परियारको आवाज समेटिएको छ । ‘मैना राजा मैना रानी’ बोलको यस गीतमा विभिन्न कलाकारहरुलाई फिचरिङ्ग गरिएको छ ।

Nai na bhannu la 4

गीतमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह र बर्षा राउत देखिएका छन् । त्यस्तै हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला, गायक राजेशपायल राई, नायक संजोग कोइराला र साथमा नायिका केकी अधिकारीलाई पनि प्रस्तुत गरिएको छ ।

विकास आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र नाई नभन्नु ल ४ आगामी चैत्र २६ गतेबाट सार्वजनिक प्रर्दशनमा आउनेछ । पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको चलचित्रमा नृत्य निर्देशन छ । चलचित्रमा दिनेश पोख्रेल र हरिबोल भण्डारीको पनि लगानी रहेको छ।

For More videos Log on to Mazzako TV