मज्जाको अनलाइन, कार्तिक २ गते, सोमवार, २०७२, काठमाडौं । 

ललितपुरको लगनखेलस्थित संचय कोष भवनमा छ ललितपुर मोबाइल कम्प्लेक्स । उक्त कम्प्लेक्सका अध्यक्ष हुन पुरुषोत्तम बस्नेत ।

उनै बस्नेतको योजना अनुसार दशैंको अवसर पारेर ‘दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार’ योजना ल्याए पछि कम्प्लेक्समा स्मार्टफोन खरिद गर्ने ग्राहकहरुको चहलपहल पनि बढिरहेको छ ।
नयाँ खोलिएको कम्प्लेक्स भए पनि यहाँ दशैंको अवसरमा ग्राहकहरुले सामसुंग, हुवावे, लाभा, कलर्स, डिटिसीलगायतका ब्राण्डका स्मार्टफोनहरु खरिद गरिरहेका छन् । ग्राहकहरुले कम्प्लेक्समा विभिन्न ब्राण्डका मोबाइलहरु सूपथ मूल्यमा विभिन्न उपहारसहित मोबाइल खरिद गर्न पाउने हुँदा ग्राहकहरुको चहलपहल बढेको बस्नेत बताउँछन् ।

विभिन्न उपहारसहितको स्मार्टफोनहरु सूपथ मूल्यमा बिक्री हुने गरेको कारण स्मार्टफोन तथा एसेसरिजहरु अधिक बिक्री भएको उनले बताए ।

त्यस्ते पछिल्लो पटक नेपाली बजारमा भित्रिएको हुवावेको स्मार्टफोन खरिदमा पनि ग्राहाकको आकर्षण देखिएको छ । त्यसो किन त ? यस बारे थप थाहा पाउन हेरौं बस्नेतसँग यसबारेमा गरिएको कुराकानीः

For More videos Log on to Mazzako TV