मज्जाको अनलाईन, कार्तिक २ गते, सोमबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘ब्रासलेट’को लोक भाकाको गीत मै नाँचे सार्वजनिक भएको धेरै दिन भएको छैन् तर सामाजिक सञ्जालहरुमा यतिबेला निकै चर्चित बन्दै गईरहेको छ । यो उत्सवको बेलामा रेडियो अनि टिभीमा पनि गीतको गतिलै चर्चा छ । बिशेषत गीतले नेपालीपनलाई झल्काएकोले पनि आम दर्शक स्रोताले गीतलाई निकै राम्रो भनि प्रतिक्रिया दिएका छन् ।

Bracelet

लोकदोहोरीका चर्चित गायक पशुपती शर्मा र गायिका टिका पुनको आवाजमा रहेको यस गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ । यस गीतको मुख्य आर्कषण यसको कोरियोग्राफी पनि हो । निकै शालिन ढंगबाट नृत्य निर्देशक गोविन्द राईले नायक रमेश उप्रेती र नायिका रजनी केसीलाई गीतमा प्रस्तुत गरेका छन् । नायक रमेश उप्रेतीको कमब्याक भएको चलचित्र भएर पनि ‘ब्रासलेट’लाई निकै आशाको साथमा हेरिएको छ ।

निर्मल शर्मा गैडांको निर्देशनमा बनेको चलचित्र ‘ब्रासलेट’ यही माघ २२ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउँदैछ । चलचित्रलाई केशव भट्टराईले बनाएका हुन् ।

https://youtu.be/8IP5qUo-4yE

For More videos Log on to Mazzako TV