मज्जाको अनलाईन, कार्तिक २ गते सोमबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘लुटेरा’को आईटम गीत सार्वजनिक गरिएको छ । ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी’ बोलको आइटम गीतमा नायिका प्रियंका कार्कीले निकै हट अवतारलाई हेर्न पाईन्छ । दयाराम दाहाल निर्देशित चलचित्र लुटेराको यस सार्वजनिक गीतमा शशी रावलको आवाज रहेको छ भने संगीत बसन्त सापकोटाको छ । गीतलाई कुमार विवाहितले लेखेका हुन् । गीतको कोरियोग्राफी अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् ।

Priyanka new

यसअघि सार्वजनिक गरिएको सिनेमाको प्रचार समाग्रीबाट निकै राम्रो प्रतिक्रिया पाएको यस सिनेमाको रिलिज कार्तिक २७ गतेबाट हुनेछ । चलचित्रलाई छिरिङ दोर्जे शेर्पा र बसन्त कुमार श्रेष्ठले मिलेर बनाएका हुन् । गोपाल कायस्थको प्रस्ततु रहेको चलचित्र ‘लुटेरा’ मा नायक निखिलि उप्रेती, सविन श्रेष्ठ, नायिका निशा अधिकारी र हर्षिका श्रेष्ठको लगायतले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV