मज्जाको अनलाईन, कार्तिक २ गते, सोमबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘भाग सानी भाग’ को ‘आइ लभ यू’ बोलको गीत सार्वजनिक गरिएको छ । संगीतकार चेतन सापकोटाले निर्माण गरेको यस सिनेमाको सार्वजनिक गरिएको गीतमा चलचित्रकी नायिका केकी अधिकारीलाई ठुम्का लगाईरहेको देख्न सकिन्छ । नायिका केकीले पुराना नायक सरोज खनालदेखि लिएर रमेश उप्रेती हुदै जीवन लुईटेलसँग पनि कम्मर मर्काउन भ्याएकी छिन् ।

Bhag sani Bhag new pic

दशै तिहारको माहोललाई मध्यनजर गर्दै नवल नेपाल निर्देशित चलचित्र ‘भाग सानी भाग’को यस गीतलाई सार्वजनिक गरिएको हो । सुन्दा र हेर्दा निकै रमाईलो लाग्ने यो गीतबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको निर्देशक नेपालले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् । तिहारमा विभिन्न ठाँउहरुमा यो गीत खुबै घन्किने निश्चित प्राय छ । गीतलाई कोरियोग्राफी समेत निकै फरक ढंगले गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा उनले केही नयाँ प्रयोग पनि गरेका छन् । चेतन सापकोटाको संगीत तथा शब्द रहेको गीतलाई रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन् । चैत्र ५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘भाग सानी भाग’मा केकी अधिकारी र सविन श्रेष्ठलाई जोडीको रुपमा देख्न पाईनेछ । सरोज, रमेश र जीवन भने फिल्म भित्र केकीको सपनामा मात्रै आउनेछन् ।

For More videos Log on to Mazzako TV