मज्जाको अनलाइन, असोज ३० गते, शनिवार,२०७२, काठमाडौं । 

काठमाडौं । एकीकृत माओवादीले एमाले नेतृत्वको बर्तमान सरकारमा सहभागी हुने थप तीन मन्त्रीको टुङ्गो लगाएको छ । पार्टीका शीर्ष नेताबीच शनिवार बिहान भएको छलफलले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

स्थायी समिति बैठकले पार्टीबाट मन्त्री बन्नेको नामावली तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएपनि आकांक्षीहरु बढी भएपछि साँझ पुन बसेको शीर्ष नेताहरुको अनौपचारिक छलफलले थप तीन जनाको मात्र नाम तय गरेको हो ।

लाजिम्पाट स्रोतका अनुसार, पार्टीको नेतृत्व गर्दै सचिव रायमाझीले उपप्रधान तथा उर्जामन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

UCPN( Maoist)officeयस्तै शक्ति बस्नेतले गृह र अग्नी सापकोटाले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएक छन् । गृह, स्थानिय बिकास, शिक्षा, स्वास्थ्य, उर्जा लगायत ८ मन्त्रालयको दावी गर्दै आएको माओवादीले अन्य ब्यक्तिको टुङ्गो भने केही दिनपछि लगाउने स्रोतको भनाई छ ।

यसअघि, महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको एमाओवादीले संगठन सुखृढिकरणका लागि भन्दै फरक ब्यक्तिलाई नेतृत्व गर्दै सरकारमा पठाउन कार्यकर्ताले आग्रह गरेपछि सो निर्णयमा पुर्नबिचार गरेको हो ।

एकीकृत माओवादीले गत सोमवार नै कोषाध्यक्ष हरीबोल गजुरेललाई कृषि मन्त्री बनाउदै सरकारमा पठाएको थियो ।

For More videos Log on to Mazzako TV