मज्जाको अनलाइन, असोज ३० गते, शनिवार, २०७२, काठमाडौं ।

नेपाल आयल निगमको मागअनुसार ग्यास भरेर रक्सौल (वीरगन्ज)नाकामा अड्किएका २ सय ५६ वटा ग्यास–बुलेटलाई सुनौली (भैरवहा)बाट नेपाल ल्याउने विकल्पमा छलफल सुरु गरेको छ । बिहारको बरौनी र पश्चिम बंगालको हल्दियास्थित रिफाइनरीमा भरिएका ग्यास–बुलेट एक महिनादेखि रक्सौल नाकामा थन्किएका छन् ।

तीन सातायताको अघोषित नाकाबन्दीको स्थितीपछि नेपाली उपभोक्तामाझ पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि पारवहनको असहज स्थितीबारे छलफल गर्न दिल्ली आएका आयल निगमका पदाधिकारले ग्यास ढुवानीका लागि मार्ग परिवर्तन (रि–रुट)को विकल्प अघि सारेका हुन् ।

‘भारतीय आयल कर्पोरेसन (आइओसी)को उच्च पदाधिकारीसँग पहिलो चरणमा शनिबार बिहान वार्ता भएको छ,’ निगमका निमित्त निर्देशक मुकुन्दप्रसाद घिमिरेले भने । घिमिरेले दिल्ली गएर आइओसीको मुम्बई स्थित मुख्यालयमा नेपालसँगको व्यापारिक मामला हेर्ने एसएस बोससँग भेटवार्ता समेत गरेका छन् ।

शनिबार दिउँसो दिल्ली जान लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहितको टोलीले आइओसीका अध्यक्ष बी अशोक तथा विदेश मन्त्रालयका अधिकारीसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ ।

नेपाली उपभोक्तामाझ पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि र अघोषित नाकाबन्दीको स्वरुप यथावत रहेपछि दिल्लीस्थित दूतावासको समन्वयमा सरोकार सम्वद्ध निकायमा छलफल गर्न पहल सुरु भएको हो ।

LP Gasतर, दूतावासबाट आयल निगमको छलफलमा समन्वय गर्न जिम्मा दिइएका इकोनमिक मिनिस्टर ढुंढीराज पोखरेल दसैं बिदामा शनिबार काठमाडौं जाने भएपछि निगमका पदाधिकारी स्वयम भेटघाटको पहलमा छन् ।

अहिले रक्सौल नाकामा अड्किएर रहेको २ सय ५६ ग्यास–बुलेट मात्रै नाका परिवर्तन (रि–रुट) गर्दै काठमाडौं पुर्‍याउन सकेमा यसले एक महिनाको ग्यास आवश्यकतालाई पुरा गर्ने आंकलन गरिएको छ । नाका परिवर्तनको छलफल टुङ्गिएपछि आवश्यक कागजी प्रकृया पुरा गरेर ग्यास–बुलेट काठमाडौं पुर्‍याउनै कम्तिमा ७ दिन लाग्ने छ ।

रक्सौलमा अड्किएर बसेको ग्यास–बुलेटलाई सुनौली नाका परिवर्तन गरेर लैजान झण्डै अढाइ सय किलोमिटर लामो दुरी तय गर्नुपर्ने देखिएको छ । रक्सौलमा ग्यासरपेट्रोलियम पदार्थ बाहेक तेस्रो देशबाट आएका रेल्वे कार्गो र अन्य उपभोग्य वस्तुको २ हजारभन्दा बढी ट्रक पनि निर्यात अनुमती नपाएर थन्किएका छन् ।

यसैबीच, नाकाबन्दीसहितको द्वैदेशीय समस्यामा हल खोज्न नवनियुक्त परराष्ट्र मन्त्री कमल थापाका साथमा वाणिज्य र परराष्ट्र सचिवलाई लिएर शनिबार अपरान्ह दिल्ली जाँदैछन ।

परराष्ट्र मन्त्री थापाले आइतबार साँझ भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता गरि सिमामा भारतले लगाएको अघोषित नाकाबन्दी हटाउनेबो पहल गर्नेछन् ।

For More videos Log on to Mazzako TV