काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) को ३७औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद रिजालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

गएराति सम्पन्न मतगणनामा प्रगतिशील समूहका रिजालले ७९ मतको अग्रताका साथ प्रजातन्त्रवादी समूहका Tan- Rijalप्रतिस्पर्धी सागर पाण्डेलाई पराजित गरेका हुन् ।

रिजालको ४११ र मत पाण्डेको ३३२ प्राप्त भएको छ । पदाधिकारीसहित कुल १७ मध्ये १५ पदमा रिजाल समूह र दुई स्थानमा पाण्डे समूह विजयी भएको टानका सञ्चार संयोजक मछिन्द्र आचार्यले जानकारी दिए।

सभाले वरिष्ठ उपाध्यक्षमा टासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्षमा तेज गुरुङ, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा लीलाबल्लभ दाहाल, सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठलाई निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष रिजालले टानलाई व्यावसायिक बनाउँदै सदस्यबीचको एकता र सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभाको बिहीबार नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

टानमा करिब एक हजार ट्रेकिङ एजेन्सिज कम्पनी सदस्य छन् ।

For More videos Log on to Mazzako TV