मज्जाको अनलाइन, असोज २७ गते, बुधवार, २०७२, काठमाडौं ।

जिल्ला व्यूरो । विरगञ्ज बाहेक भारतसंग सिमा जोडिएका विभिन्न नाका हुँदै इन्धनसहितका मालवाहक सवारी भित्रने क्रम जारी छ । अहिलेसम्म डिजेल, पेट्रोल र ग्यास बोकेका १ सय १२ वटा ट्यांकर नेपाल भित्रिएका छन ।

कैलालीको भन्सार नाकाबाट आज पेट्रोलियम पदार्थका २७ वटा सवारी भित्रिएको छ , जसमा २४ टंयाकर डिजेल, २ टंयाकर पेट्रोल र १ बुलेट ग्यास रहेको क्षेत्रीय आयल निगमको कार्यालय धनगढीले जनाएको छ ।

Tranker-oilनेपालगञ्जको रुपैडिहा नाकाबाट २४ वटा डिजेलका ट्याङ्कर, पेट्रोलका ६ वटा ट्याङ्कर, २ वटा मट्टितेलका ट्यांकर र १ वटा एलपी ग्यासका बुलेट सहित सय वटा मालबाहक सवारी भित्रिएको भन्सार कार्यलयले जनाएको छ ।

सुनौली नाकाबाट पनि आज ६ बुलेट एलपी ग्यास, ४ ट्यांकर पेट्रोल र २ टयांकर डिजेलसहित ८७ वटा मालवाहक सवारी नेपाल भित्रिएको भैरहवाको बेलहिया भन्सार कार्यालयले जनाएको छ ।

यस्तै बिराटनगरस्थित रानी भन्सारबाट २३ वटा डिजेल, ६ वटा पेट्रोल, २ वटा मट्टितेल र एलपी ग्यासका २ वटा वुलेट आएका छन । थप ३० वटा ट्याङकरले भारतको बरौनी डिपोमा पेट्रोल लोड गरिसकेको भन्सार कार्यालयले जनाएको छ ।

काँकडभिट्टाबाट अहिलेसम्म भित्रिएका १ सय ४८ वटा मालबाहक सवारीमा १ बुलेट एलपी ग्यास, १ ट्याङ्कर हवाई इन्धन, ३ ट्यांकर डिजेल, १ ट्याङ्कर पेट्रोल र एउटा मट्टितेलको ट्याङ्कर रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

For More videos Log on to Mazzako TV