मज्जाको अनलाईन, असोज २७ गते, बुधवार, २०७२, काठमाडौं ।

subash-nembang-650x335काठमाडौं । निवर्तमान सभामुख सुवास नेम्बाङले संविधानप्रति असन्तुष्ट दललाई चाडपर्वलाई ध्यानमा राखी आन्दोलनका कार्यक्रममा पुर्नबिचार गर्न आग्रह गरेका छन् ।

सिंहदरवारमा आफ्नो राजीनामा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले वार्ता र संवाद मार्फत समस्याको समाधान खोज्न सकिने भएकाले गंभिर बन्न आग्रह गरेका हुन ।

संविधान कार्यान्वयनको क्रम सुरु भएको उल्लेख गर्दै नेम्बाङले मधेशमा जारी आन्दोलनलाई संकेत गर्दै कार्यन्वयन चुनौतीपूर्ण रहेको बताए ।

गत आईतवार भएको प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर मधेश केन्द्रीत दलहरुले संविधान कार्यान्वयनका लागि स्विकृति प्रदान गरेको दावी गर्दै उनले बर्तमान समस्या समाधानका लागि सम्पूर्ण दल गंभिर हुनु पर्नेमा जोड दिए ।

For More videos Log on to Mazzako TV