मज्जाको अनलाइन, असोज २७ गते,बुधवार, २०७२, काठमाडौं ।

व्यवस्थापिका–संसद्का सभामुख सुवास नेम्बाङ र उपसभामुख ओनसरी घर्तीले आजदेखि लागू हुनेगरी आ–आफ्नो पदबाट राजीनामा दिएका छन् ।

‘नेपालको संविधानको धारा २९९ को कार्यान्वयन गर्न सहज होस्’ भनी उनीहरुले लिखितरुपमा राजीनामा दिएका हुन् । संसद् सचिवालयद्वारा आयोजित कार्यक्रममा सभामुख नेम्बाङले उपसभामुख ओन्सरी र उपसभामुख ओन्सरीले सभामुख नेम्बाङसमक्ष आ–आफ्नो पदबाट दिनुभएको राजीनामा पेस गरेका थिए ।

Subash- Onsari

ती दुवै राजीनामापत्र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको थियो । संविधानअनुसार नयाँ सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया व्यवस्थापिका–संसद्को बैठकमा आजैदेखि सुरु हुँदैछ । संविधान कर्यान्वयन भएको २० दिनभित्र ती पदको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।

दुवैको राजीनामापछि बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन् । आजको बैठकमा सभामुख र उपसभामुखको चुनावी कार्यतालिकालगायतको सूची तय गरिएको छ । सम्भवत : भोलि उम्मेदवारको मनोनयन दर्ता र पर्सी अर्थात असोज २९ गते चुनाव हुनेछ । यसअघि प्रधानमन्त्री चयनको प्रक्रिया जस्तै गरी सभामुख र उपसभामुख नयाँ छानिन लागेको हो ।
For More videos Log on to Mazzako TV