मज्जाको अनलाईन, असोज २६ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

IMG_6799

अन्तराष्ट्रिय कलाकार समाज (इनास)ले आयोजना गरेको ‘तेस्रो इनास अवार्ड’मा उत्कृष्ट नायक नायिकाको अवार्ड आर्यन सिग्देल र केकी अधिकारीलाई हस्तान्तरण गरिएको छ । सोमबार राजधानी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको अवार्ड कार्यक्रममा २०१४ भित्र प्रर्दशनमा आएका चलचित्रहरु मध्येबाट उत्कृष्ट हुनेहरुलाई अवार्डले सम्मान गरिएको हो ।

IMG_6794

निकै तामझाम सहित गरिएको यस अवार्ड कार्यक्रममा इनास विशेष अवार्डबाट विश्वका कान्छो निर्देशक सौगात विष्ट, गायक तथा कलाकार मुरलीधर, शंकर बिसी र बाबु बोगटी सम्मानीत भएका छन् । यस्तै, चलचित्र ‘स्टुपिड मन’ले इनास उत्कृष्ट पाश्र्व गायीका, पाश्र्व गायक, संगीतकारको अवार्ड हात पारेको छ । गायिकामा अन्जु पन्त, गायक स्वरुपराज आचार्य र संगीतकार अर्जुन पोख्रेल यही चलचित्रबाट अवार्ड उचाल्न सफल भएका छन् ।

IMG_6725

कार्यक्रममा स्वं. श्रीकृष्ण श्रेष्ठलाई ‘मरणोपरान्त अमरतारा’ सम्मान प्रदान गरियो । उनको सम्मान पत्र पत्नी स्वेता खड्कालाई हस्तान्तरण गरियो । त्यस्तै, चलचित्रकर्मी तुलसी घिमिरेलाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै इनास ले लाईफ टाईम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो। एक लाख रुपैयाँ सहित सम्मान पत्र र खादा ओडाएर घिमिरेलाई यो अवार्ड प्रदान गरिएको हो । उनको सम्मानमा सबैजनाले उठेर ताली बजाएका थिए ।

IMG_6803

पटकथामा ‘कबड्डी’बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ, बालकलाकारमा ‘लभ यु बाबा’बाट संगम बिष्ट, गीतकारमा ‘नाई नभन्नु ल २’ बाट कृष्णहरी बराल, द्धन्द्धमा ‘लज्जा’बाट चन्द्र पन्तले अवार्ड हात पारे । उत्कृष्ट सम्पादनमा चलचित्र ‘बितेका पल’बाट बिपीन मल्ल, छाँयाकारमा ‘कबड्डी’बाट पुरुषेत्तम प्रधान सम्मानीत भएका छन् ।

IMG_6735

कार्यक्रममा, नृत्य निर्देशक शंकर बिसी, केकी अधिकारी, रोहित रुम्बा, नीता ढुंगाना, पवित्रा आचार्य लगायतले नृत्य प्रस्तुत गरे भने हाँस्य कलाकार विल्सन विक्रम राई र शैलेन्द्र सिम्खडाको कमेडीले पनि दर्शकलाई भरपुर मनोरञ्जन दियो । गायक प्रशान्त तामाङ, कपिल थापा र इन्दिरा जोशीले गीतमार्फत दर्शकलाई लोभ्याए । कोमल वलीले ‘बनमा फूल्यो फूल’ गीत गाएर धेरैलाई नचाइन् ।

IMG_6726

कार्यक्रममा पपुलर अवार्डको विधा पनि प्रदान गरियो । नायिकातर्फ ऋचा शर्मा, नायकतर्फ दयाहाङ राई र चलचित्रतर्फ ‘६ एकान ६’ले पपलुर अवार्ड प्राप्त गरे । कार्यक्रममा विदेशमा रहेर पनि नेपाली चलचित्रको विकासमा लागि परेको भन्दै निर्माता रमेश त्वयनालाई पनि सम्मान गरिएको थियो ।

IMG_6730
अवार्ड कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महोतोले नेपाली सिनेमाको गुणस्तर वृद्धि हुँदै गएको भन्दै खुशि व्यक्त गरेका छन् । गुणस्तरसँगै व्यापार पनि बढाउनतर्फ लागे मात्र नेपाल उभोँ लाग्ने उनको भनाई छ । यस्तै, विशेष सम्मानबाट सम्मानीत भएका मुरलीधरले नेपालबाट पहिलो पटक ठुलो सम्मान पाएकोमा निकै खुशी ब्यक्त गरे । एनआरएनका अध्यक्ष शेष घले प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मी, एनआरएनका पदाधिकारीहरुको उपस्थिती थियो ।

IMG_6714

IMG_6713

IMG_6721

IMG_6740

IMG_6750

IMG_6784

IMG_6766

IMG_6750

For More videos Log on to Mazzako TV