मज्जाको अनलाईन, असोज २३ गते सोमबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘रातो घर’को ‘झकास झापाली’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यस गीतमा शशि रावलको आवाज छ भने महेश खड्काको शब्द तथा संगीत रहेको छ । कमेडी जनराको यस चलचित्र ‘रातो घर’को सार्वजनिक यस गीतमा नायिका माला लिम्बुको बेजोड नृत्य हेर्न सकिन्छ । उनलाई नृत्य सिकाउने काम कविराज गहतराजले गरेका हुन् ।

Capture

‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको ‘रातो घर’मा विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

तिहारपछि यूएसमा प्रदर्शनको तयारी गरिएको यस चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईले मिलेब बनाएको ‘रातो घर’मा महेश खड्का र डम्बर नेपालीको संगीत रहेको छ । निकेश लिम्बुको प्रस्तुती ‘रातो घर’लाई मेन्छा रुम्दालिले लेखेका छन् ।

https://youtu.be/eTlveHv0-GA

For More videos Log on to Mazzako TV