मज्जाको अनलाईन, असोज २४ गते आईतबार, २०७२, काठमाण्डौं ।

केन्द्रिय चलचित्र जाचपास समितिले चलचित्र चकलेटलाई युनिभर्सल सर्टिफिकेट(U) दिएको छ । ठुलो ज्यान भएका हाँस्यकलाकार निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेको पहिलो चलचित्र चकलेट अब सबै उमेर समुहकाले हेर्न पाउनेछन् । आईतबार साँझ ७ बजे सञ्चारमन्त्रालयमा सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेका थिए । बिकास बोर्डमा जेनेरेटरमा डिजेल नभएर सञ्चार मन्त्रालयमै चलचित्र हेरिएको थियो । चलचित्र हेरे पछि सेन्सरबोर्डका कर्मचारीहरुले चलचित्र मन पराएको निर्देशक शर्माले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् ।

Chocolete

नायिका पुजना स्त्री निर्मात्री रहेको यस चलचित्रमा पुजनाका अलावा डा. आयुशमान घिमिरे, एयर होष्टेज नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुनिता ठाकुर, सुमन गैरे लगायतका कालकारहरुले अभिनय गरेका छन् ।

राजधानीमा रहेका सडक बालबालिकाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रमा खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङले पनि निर्माणमा साझेदारी गरेका छन् । पुजनाकै कथा, पटकथा र संवाद रहेको फिल्ममा प्रसन्न पौडेल, बब्बु थापाको नृत्य, शिखर सन्तोष, अर्जुन पोखरेल र रायन कार्कीको संगीत, कुमार महर्जनको द्वन्द्व र सुदीप बरालको छायांकन रहेको छ ।

https://youtu.be/Ja38LlfLEts

For More videos Log on to Mazzako TV